काठमाडौं । सरकारले दुई सहसचिबलाई सचिबमा बढुवा गरेको गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले लेखापरीक्षण सेवा समूहतर्फका सहसचिब बैकुण्ठबहादुर अधिकारी र प्रशासन सेवा समूहतर्फका सहसचिब केदारनाथ शर्मालाई सचिबमा बढुवा गर्ने निर्णय गरेको हो ।
बैठकले स्वास्थ्य सेवा विभागको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्व सहमति दिने निर्णय गरेको छ ।
बागमती प्रदेश सरकारको प्रमुख सचिब पदमा सहसचिब गोविन्दबहादुर कार्कीलाई कायम मुकायमको जिम्मेवारी दिएर प्रदेश प्रमुख सचिबको रुपमा खटाइने निर्णय भएको छ ।
यस्तै राष्ट्रिय मानवअधिकार आयोगको सचिवमा मुरारीप्रसाद खरेललाई नियुक्त गर्ने ः मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ ।
FACEBOOK COMMENTS