काठमाडौं, चैत ५ -सरकारले विश्वलाई नै आतंकित पारेको कोरोना भाइरस (कोभिड-१९) रोकथामको लागि विभिन्न आदेश जारी गरेको छ ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले कोरोना भाइरस रोकथामको लागी विभिन्न १५ वटा निर्णय गरेको छ ।
बैंठकले कोरोनाको सङ्क्रमण रोकथामको लागि फिल्म हल, जिम सेन्टर, रङ्गशाला, सांस्कृतिक केन्द्र, पौडी पोखरी, डान्सबार र क्लबहरु ३० अप्रिल २०२० सम्म बन्द गर्ने निर्णय गरेको छ ।
बैठकले अत्यावश्यक कामबाहेक नागरिकलाई हिँडडुल गर्न पनि प्रतिबन्ध लगाएको छ । धार्मिक, सांस्कृतिक कार्यक्रममा २५ जनाभन्दा धेरैलाई भेला हुन रोक लगाइएको छ ।
यसको अनुगमन गृह मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्ने बताइएको छ । बैठकले रोगबाट संक्रमण भई उपचार गर्नुपर्ने भएमा त्यस्ता बिरामीहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेका सरकारी, सामुदायिक तथा निजी अस्पतालहरुबाट उपचार गराउने व्यवस्था मिलाउने निर्णय गरेको छ ।
FACEBOOK COMMENTS