काठमाडौं, चैत ६- कोरोना भाइरसको त्रास फैलिएपछि मनकामना केबलकार बन्द भएको छ । कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले २५ जनाभन्दा धेरै मान्छे भेला नहुन निर्देशन दिएपछि मनकामना केबलकार चैत मसान्तसम्म बन्द भएको हो ।
मनकामना दर्शन प्रालिका नायव महाप्रबन्धक डीएन कायस्थका अनुसार शनिबारदेखि लागू हुने गरी चैत मसान्तसम्म केबलकार सेवा बन्द गर्ने निर्णय भएको हो ।
FACEBOOK COMMENTS