काठमाडौं । साताको पहिलो कारोबार दिन आज आइतबार शेयर बजारमा दोहोरो अङ्कको गिरावट आएको छ ।
नेपाल धितोपत्र बोर्डका अनुसार आज २४ दशमलव ५८ अङ्कले घटेर नेप्से परिसूचक एक हजार ९७४ दशमलव ३७ विन्दुमा ओर्लिएको छ ।
यस दिन ३१६ धितोपत्रको ९७ लाख ६२ हजार ८०३ कित्ता शेयर ६० हजार ५२३ पटक खरिदबिक्री हुँदा तीन अर्ब ७९ करोड ५७ लाख ४८ हजार २९६ रुपैयाँ ३९ पैसा बराबरको शेयर कारोबार भएको छ ।
आज नेप्से इन्डेक्सका साथै सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट इन्डेक्समा १.२३% देखि १.६५% सम्मले गिरावट आएको छ । यस्तै, १३ वटा उपसूचकहरूमध्ये माइक्रो फाइनान्स र निर्जीवन बीमा समूहबाहेक सबै उपसूचकहरू घटेका छन् ।
अघिल्लो कारोबार दिन गत बिहीबार ७ दशमलव ३१ अङ्कले घटेर नेप्से परिसूचक एक हजार ९९८ दशमलव ९६ विन्दुमा रोकिएको थियो भने चार अर्ब १३ करोड ३३ लाख ६२ हजार ७२६ रुपैयाँ २३ पैसा बराबरको शेयर कारोबार भएको थियो ।
FACEBOOK COMMENTS