काठमाडौं । बीवाईडीको विद्युतीय कार बुकिङ गरेकाहरूमध्ये ११ जनाले सन् २०२४ को यूईएफए युरोकप हेर्न जर्मनी जान पाउने भएका छन् ।
गत फेब्रुअरी २६ देखि यही मे ५ तारिकसम्म बीवाईडी गाडी बुकिङ गर्ने ग्राहकहरूमध्येबाट ११ जना भाग्यशाली ग्राहकले लक्की ड्रबाट युरोकपका लागि जर्मनी जान पाउने अवसर जितेका हुन् ।
लक्की–ड्रबाट पहिलो चरणमा जर्मनी जान पाउनेहरूमा बीवाईडी कस्टमर कार्निभल जयराम न्यौपाने, कोड नम्बर ४०७ का शास्वत गौतम, कोड नम्बर ०७४ का श्याम सुन्दर श्रेष्ठ र सुदर्शन श्रेष्ठ, कोड नम्बर ०८८ का बिजेन्द्र शाक्य, कोड नम्बर ३७३ का कबिनराज श्रेष्ठ र कोड नम्बर ०२६ दिनेश प्याठा छन् ।
यस्तै, दोस्रो चरणका बिजेताहरूमा कोड नम्बर ६६२ का गणेश कँडेल, कोड नम्बर ६५३ की डा. ममता क्षेत्री र डा जगदीश तिमिल्सिना, कोड नम्बर ६८२ का प्रदीप पौडेल, कोड नम्बर १६२ का सगरमाथा टेलिभिजन अर्थात् बिमल गुरुङ (अध्यक्ष), कोड नम्बर ६९१ का जयप्रकाश दास र कोड नम्बर २०० की सजिना पाण्डेय छन् ।
नेपालका लागि बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स् इंक प्रालिले उनीहरूलाई यो अवसर दिलाएको हो । विजेताहरूले जर्मनीमा हुने युईएफए युरो कप, २०२४ खेल मैदानमा उपस्थित भई प्रत्यक्ष खेल हेर्ने मौका पाएका छन् ।
बीवाईडी नेपालका ब्रान्ड एम्बेस्डर हरिवंश आचार्य र साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठले संयुक्त रूपमा लक्की–ड्र कार्यक्रम गरी विजेता छनोट गरेका हुन् ।
FACEBOOK COMMENTS