काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को नौ महिनाको तथ्याङ्कीय प्रतिवेदन अनुसार नेपालमा भित्रिने रेमिट्यान्स रकम बढेको छ ।
चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रेमिट्यान्स १९ दशमलव ८ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । प्रतिवेदन अनुसार चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १० खर्ब ८२ अर्ब ६२ करोड रूपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो रेमिट्यान्स २४ दशमलव २ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स १७ दशमलव ७ प्रतिशतले वृद्धि भई ८ अर्ब १५ करोड रूपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो रेमिट्यान्स १३ दशमलव ९ प्रतिशतले बढेको थियो ।
नौ महिनामा वैदेशिक अध्ययनमा कति बाहिरियो ?
राष्ट्र बैंकका अनुसार यो अवधिमा नेपाली विद्यार्थी अध्ययनका लागि विदेश जाँदा ९५ अर्ब ८५ करोड रूपैयाँ बाहिरिएको छ । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा यसरी अध्ययन अन्तर्गत बाहिरिने रकम ४२ दशमलव ६५ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको चैतसम्म ६७ अर्ब १९ करोड रूपैयाँ अध्ययन अन्तर्गत बाहिरिएको थियो ।
मुलुकको अधिकांश आर्थिक तथा वित्तीय सूचकहरू सकारात्मक (पूर्णपाठ)
FACEBOOK COMMENTS