काठमाडौं । साताको दोस्रो कारोबार दिन आज सोमबार शेयर बजारमा २४ अङ्कको उछाल आएको छ ।
नेपाल धितोपत्र बोर्डका अनुसार आज २४ दशमलव ३९ अङ्कले बढेर नेप्से परिसूचक एक हजार ९९८ दशमलव ८९ विन्दुमा उक्लिएको छ ।
यस दिन ३२० धितोपत्रको ९५ लाख ४१ हजार १७ कित्ता शेयर ४५ हजार ८२८ पटक खरिदबिक्री हुँदा तीन अर्ब ४० करोड ८६ लाख ८ हजार १५७ रुपैयाँ ९१ पैसा बराबरको शेयर कारोबार भएको छ ।
आज नेप्से इन्डेक्सका साथै सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट इन्डेक्समा १.२३% देखि १.७४% सम्मले वृद्धि भएको छ । यस्तै, १३ वटा उपसूचकहरूमध्ये फाइनान्स, होटेल एण्ड टुरिजम, उत्पादन, निर्जीवन बीमा र व्यापार समूह घटेका छन् भने बाँकी सबै उपसूचकहरू बढेका छन् ।
अघिल्लो कारोबार दिन सोमबार ८ दशमलव २६ अङ्कले बढेर नेप्से परिसूचक एक हजार ९७४ दशमलव ५० विन्दुमा रोकिएको थियो भने तीन अर्ब १५ करोड ५१ लाख ४२ हजार १६८ रुपैयाँ ४३ पैसा बराबरको शेयर कारोबार भएको थियो ।
यी हुन् आज सर्वाधिक कमाउने र गुमाउने पाँच कम्पनी
FACEBOOK COMMENTS