काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ ।
आगामी आवको सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नेछन् । । सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा, ९५ बमोजिम आज ३ बजे राष्ट्रपति पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयक्त बैठकलाई सम्बोधन गर्ने नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।
सरकारले नीति तथा कार्यक्रम ल्याएर नीति तथा कार्यक्रमको आधारमा बजेट ल्याउने गरेको छ । सङ्घीय संसद्का सबै सदस्यलाई दिनको २ः४५ बजेभित्र औपचारिक पोसाकमा उपस्थिति भई आ–आफ्नो आसन ग्रहण गरिसक्न संसद् सचिवालयले आग्रह गरेको छ ।
FACEBOOK COMMENTS