काठमाडौं । यामाहाको नयाँ स्कुटरले बुटवलकी सरस्वती खनाल रायमाझीका लागि नयाँ राइडको खुसी मात्र नभई १० लाख ३ हजार रुपैयाँको नगद पुरस्कारसमेत थपिदिएको छ।
यामाहा नेपालको जारी चाडपर्व लक्षित अभियान ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ अन्तर्गत उहाँले ग्रान्ड प्राइज जित्नुभएको हो।
रायमाझीले बुटवलस्थित यामाहाको आधिकारिक शोरुम बाइकर्ज बुटवल प्रा. लि. बाट यामाहा रे–जेडआर १२५–एफआई स्ट्रिट र्याली हाइब्रिडखरिद गर्नुभएको थियो।
सोही खरिदमार्फत उहाँले १० लाख ३ हजार रुपैयाँको ग्रान्ड क्यासब्याक जित्न सफल हुनुभएको हो। यस जितले यामाहाले ग्राहकलाई केवल राइडिङको अनुभवमा मात्र सीमित नराखी थप मूल्य र पुरस्कार प्रदान गर्दै यामाहा स्वामित्वको खुसीलाई अझ विशेष र यादगार बनाउने प्रतिबद्धता झल्काउँछ।
ग्रान्ड प्राइज जितेपछि सरस्वती खनाल रायमाझीले भन्नुभयो, “यामाहा रेजेडआर खरिद गर्नु आफैँमा निकै उत्साहजनक अनुभव थियो। तर, १० लाख ३ हजार रुपैयाँ जित्दा यो अनुभव झनै विशेष बनेको छ। यो सुन्दर सरप्राइजका लागि म यामाहाप्रति हृदयदेखि नै आभारी छु र निकै खुसी छु।”

रायमाझीले ग्रान्ड प्राइज जितिसक्नुभए पनि यामाहाको चाडपर्वको उत्साह अझै जारी छ। ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ अभियानअन्तर्गत ग्राहकहरूले अझै पनि यामाहा खरिदमार्फत सहभागी भई आकर्षक पुरस्कार जित्ने अवसर प्राप्त गर्न सक्नेछन् ।
