काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसद्को गतिरोध अन्त्य गर्न आज बिहानै नेपाली कांग्रेसका नेतालाई प्रधानमन्त्री निवास बालुवाटारमा छलफलका लागि बोलाएका छन् ।
नेपाली कांग्रेसले आजै संसदीय दलको बैठक बोलाएको छ ।
कांग्रेसले सहकारीको बचत अपचलनमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ ।
यो विषयमा छलफल गर्न कांग्रेसले बोलाएको बैठक सुरु हुनु अघि नै प्रधानमन्त्रीले छलफलका लागि कांग्रेस महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक बालुवाटार बोलाएका हुन् ।
सरकारले आज अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय सदनमा पेस गर्ने कार्यसूची रहेको छ । त्यसमा विरोध नहोस भनेर प्रधानमन्त्रीले सहमतिका लागि कांग्रेस नेताहरूसँग छलफल गरेका हुन् ।
FACEBOOK COMMENTS