इण्डोनेसिया । इण्डोनेसियामा लाभा बाढीबाट मृत्यु हुनेको संख्या ५७ पुगेको छ । अन्य २२ जना अझै बेपत्ता भएको बताइएको छ । पश्चिम सुमात्रा प्रान्तको विपद् व्यवस्थापन र न्युनिकरण एजेन्सीको पुनःस्थापना र पुनर्निर्माण इकाईका प्रमुख इल्हाम वहाबले बेपत्ता भएका २२ जनालाई खोजी र उद्धार कार्यको लक्ष्य हुने बताए । यस क्षेत्रमा धेरै शव फेला परेको बताइएको छ । शनिवार राति आएको चिसो लाभा बाढीले तनह दातार, आगम र परियामान र पडाङ पञ्जाङ नगरका घर, भवन, सडक र अन्य पूर्वाधारमा क्षति पर्याएको छ ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।
FACEBOOK COMMENTS