काठमाडौं । इन्फोडेभलपर्स र प्राइम कमर्सियल बैंकबिच बजेट ३६० सफ्टवेयर ९अटोमेटेड बजेटिङ्ग सोलुसन० प्रयोगमा ल्याउने सम्झौता भएको छ ।
सम्झौतामा प्राइम कमर्सियल बैंकको तर्फबाट महाप्रबन्धक अमृत चरण श्रेष्ठ र इन्फोडभलपर्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण सुवेदीले हस्ताक्षर गरेका छन् ।
बैंक तथा वित्तीय संस्थाहरूलाई लक्षित गर्दै सरल, अनुकूल र गतिशील बजेटिङ्ग अनुभव प्रदान गर्ने उद्देश्यका साथ इन्फोडेभलपर्सले ल्याएको बजेट ३६० सफ्टवेयरले बजेटिङ्ग गर्ने प्रक्रियालाई सहज बनाउने लक्ष्य छ । यसका लागि बजेटको निर्माण, बाँडफाँड, अनुगमन तथा रिपोर्टहरू तयार गर्न सहज हुने इन्फोडेभलपर्सका सुवेदीले बताए ।
FACEBOOK COMMENTS