म्याग्दी । नेपाल कम्युनिष्ट पार्टी एमाले मुस्ताङको अध्यक्षमा दीपक लालचन चयन भएका छन् ।
जोमसोममा गए राति सम्पन्न आठौँ जिल्ला अधिवेशनबाट घरपझोङ गाउँपालिका–२ मार्फाका लालचनको अध्यक्षतामा ३१ सदस्यीय समिति सर्वसम्मत चयन भएको जनाइएको छ ।
समितिको उपाध्यक्षमा छेवाङ रिनजिङ गुरुङ, सचिवमा तिलक विक र उपसचिवमा सम्राट गौचन निर्वाचित भएको पार्टीका गण्डकी प्रदेश समितिका अध्यक्ष नवराज शर्माले जानकारी दिए । सुनदेवी रसाइलीको संयोजकत्वमा लेखा समिति चयन गरिएको छ ।
FACEBOOK COMMENTS