काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।
प्रधानमन्त्री दाहालले काँग्रेससहितका विपक्ष दलहरुको अवरोधका बीच चौथो पटक विश्वासको मत पाएका हुन् ।
आज प्रतिनिधि सभा बैठकमा उपस्थित १५८ जना सांसदहरुमध्ये १५७ जना सांसदले विश्वासको मतको पक्षमा मतदान गरे ।
विपक्षहरुले मत नहालेकालेले सो प्रस्तावको विपक्षमा शून्य मत परेको छ ।
हेर्नुहोस् तस्बिरहरू–
FACEBOOK COMMENTS