काठमाडौं,चैत १२ – नेपाल दुरसञ्चार प्राधिकरणको मंगलबार बसेकोले संचालक समिति बैंठकले मोवाइल फोन प्रयोगकर्तालाई रिचार्ज गरेजति नै रकम बोनस दिन निर्देशन दिएको छ ।
अहिले कोरोना भाइरसको कारण देश लकडाउन भएको समयमा हरेक ग्राहकलाई केही भएपनि राहत दिन कम्पनीहरुले रिचार्ज बराबर नै बोनस दिन र मोबाइल् प्रदायक कम्पनीहरुले दुई सय रुपैयाँसम्म सापटी दिने प्राधिकरणले निर्देशन दिएको छ।
देश नै लकडाउन भएको समयमा मानिसले एक ठाउँबाट अर्को ठाउँमा पुगेर आफ्नो काम गर्न र आफन्तसँग कुरा गर्न सक्ने अवस्था नभएकाले बोनस र ऋण रकम बढाउन निर्देशन दिइएको हो ।
हालसम्म त्यस्तो सापटीको सिमा जम्मा ४० रुपैयाँ मात्रै थियो । त्यस्तै, रिचार्ज गर्दा शतप्रतिशत बोनस समेत पाइने भएको छ । प्राधिकरणले आगामी एक महिनाका लागि लागू हुने गरि सापटी र बोनसको व्यवस्था कार्यान्वयन गर्न प्राधिकरणले निर्देशन दिएको छ ।
अहिले नेपालमा मुख्यत नेपाल टेलिकम, एनसेल, स्मार्टसेल लगायतका कम्पनीहरुले दुरसंचर सेवा प्रदान गर्दै आएका छन् ।
FACEBOOK COMMENTS