काठमाडौं, चैत १२- नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या तीन पुगेको छ । स्वास्थ्य मन्त्रालयले बुधबार सूचना प्रकाशितगरी तेस्रो संक्रमित फेला परेको पुष्टि गरेको छ ।
खाडी मुलुकबाट आएका अन्दाजी ३० वर्षका ती पुरुषमा कोरोनाको लक्षण देखिएपछि टेकु अस्पताल पुगेका थिए। उनको नमुना टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा परिक्षण गर्दा पोजेटिभ भेटिएको मन्त्रालयले जानकारी दिएको छ । उनलाई आइसोलेसनमा राखिएको बताइएको छ ।
यसअघि एक जनालाई कोरोना लागेर निको भएको थियो भने चैत ४ गते फ्रान्सबाट कतार हुँदै नेपाल आएकी युवतीमा पनि सङक्रमण देखिएको थियो ।
FACEBOOK COMMENTS