काठमाडौँ, विदेशबाट फर्किएका नेपालीहरूमा कोरोनामा भाइरस संक्रमण देखापर्न थालेपछि नेपाल प्रहरीलाई ती ब्यक्तिहरूको पहिचान गर्न समस्या परेको छ । प्रहरीले सबैलाई सम्पर्कमा आइदिन आग्रह गरेको छ ।
विशेष गरी चैत ४ गते भएका हवाई उडानहरू कतार एयरवेज र एयर अरेवियाबाट नेपाल आएका दुई नेपाली यात्रुमा कोरोना भाइरसको संक्रमण देखापरेसँगै सो समस्या देखिएको हो ।
नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता उमेशराज जोशीले त्यो दिनको विभिन्न हवाई उडानबाट नेपाल आएकाहरू मध्ये आफै सम्पर्कमा आउनेहरु कमै छन्, धेरैको पहिचान हुन नसकेको बताए ।
केही दिनअघि फ्रान्सबाट दोेहा हुदै काठमाडौँ आएकी १९ वर्षीय युवती र शनिवार कोरोना संक्रमणको पुष्टि गरिएकी बागलुङकी युवती पनि बेल्जियमबाट खाडी मुलुक हँुदै नेपाल आएको पाइएको छ ।
कोरोना भाइरस संक्रमण भएका पाँचै जना नेपाली नागरिक विभिन्न मुलुकबाट नेपाल आएका हुन । उनीहरूसंगै हवाई यात्रा गरेका तथा सम्पर्कमा रहेका चितपरिचित र आफन्त सबैलाई सम्पर्कमा आइ दिन प्रहरीले आग्रह गरेको छ ।
संक्रमित ब्यक्तिहरू सवार विमानको फलाइट नम्वर तथा विमानमा सवार यात्रुको पहिचान भएपनि राहदानी लिएको जिल्ला र फोन नम्वर फरक पर्दा सम्पर्कमा ल्याउन समस्या भएको हो, उनका अनुसार, राहदानी एक जिल्लाबाट बसोवास अर्कै जिल्ला भएकाले समस्या भएको हो ।
कतार एयरको क्यूएआर ६५२ विमानमा सवार एकसय ५८ मध्ये एकसय नौजना ४० जिल्लाको छन् । ती मध्ये एक फ्रेन्च, दुईजर्मनी र दुई भारतीय नागरिक पनि सम्पर्कमा आएका छन् भने २४ नेपाली कहाँ कस्तो अवस्थामा बसेका छन् खोजी भइरहेको छ ।
FACEBOOK COMMENTS