काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडको अध्यक्षमा राजेन्द्र लाल श्रेष्ठ नियुक्त भएका छन् ।
यही असार १३ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले संस्थाका सञ्चालक सदस्य श्रेष्ठलाई अध्यक्ष नियुक्त गरेको हो ।
यसअघि सिटिजन्स क्यापिटलको मातृ कम्पनी सिटिजन्स बैंक ईन्टरनेशनलको तर्फबाट सञ्चालक सदस्य मनोनीत भइ संस्थाको अध्यक्ष रहेका पारस कुमार काफ्लेको असमायिक निधनपनि अध्यक्ष पद रिक्त थियो ।
साथै, उक्त बैठकले अध्यक्ष नियुक्तिपछि रिक्त भएको पदमा सिटिजन्स बैंक इन्टरनेशनलको तर्फबाट मनोनीत भई आएका नारायण राज अधिकारीलाई नियुक्त गरेको छ ।
बैठकमा सिटिजन्स बैंक ईन्टरनेशनलका अन्य सञ्चालक प्रमेश राज कायस्थ, कर्मचारी सञ्चय कोषका सुवाष खड्का, स्वतन्त्र सञ्चालकहरु अभिजित मुल, ज्योत्सना बोहोरा पाण्डेका साथै संस्थाका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठ तथा कम्पनी सचिव रमेश लुइँटेलको उपस्थिति थियो ।
FACEBOOK COMMENTS