काठमाडौं । एनआईसी एशिया बैंकले भुक्तानी प्रणालीलाई थप सशक्त बनाउने उद्देश्यका साथ ‘मास्टरकार्ड इस्युयन्स’ सेवा शुभारम्भ गरेको छ ।
आज आइतबार पोखरामा आयोजित विशेष कार्यक्रमका बीच ‘मास्टरकार्ड इस्युयन्स’ सेवाको शुभारम्भ गरिएको हो ।
डेबिट कार्डको रूपमा प्रयोग गर्न सकिने बैंकका सम्पूर्ण शाखा कार्यालयहरूबाट ग्राहकले प्राप्त गर्न सक्ने बैंकले बताएको छ । कार्डमा अत्याधुनिक सुरक्षा प्रविधि (ईएमभी चिप) तथा अत्याधुनिक कन्ट्याक्टलेस प्रविधि समेत प्रयोग गरिएको छ ।
यो कार्डमार्फत ग्राहकहरूले नेपाल, भारत र भुटानबाट एटीएम वीथड्रको साथमा पीओएस तथा ई–कमर्श भुक्तानी लगायतको सुविधा उपभोग गर्न सक्ने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत एवम् प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाले बताए ।
उनका अनुसार ‘डिजिटल फर्ष्ट’ बैंकको रूपमा आफूलाई स्थापित गर्न लागिरहेको बैंक र विश्वविख्यात मास्टरकार्डबीचको यो सहकार्यले नेपालको बैंकिङ्ग क्षेत्रलाई थप उचाइमा पुर्याउन ठोस योगदान दिने बैंकले विश्वास लिएको छ । कार्ड बैंकिङ्ग सेवा प्रदायकको रूपमा मुलुकका अग्रणी वाणिज्य बैंकको रूपमा रहेको एनआईसी एशिया बैंकले हालसम्म भिजा कार्डबाट सेवा प्रदान गरिरहेको थियो ।
एनआईसी एशिया बैंकले मुलुकभर ३६० वटा शाखा कार्यालयहरू, ६७० वटा एटीएम, ११८ वटा विस्तारित काउन्टर एवम् ५१ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको छ ।
FACEBOOK COMMENTS