![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/Corporate-Khabar-50-399-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘क्रान्तिदेखि शान्तिसम्म’ तस्बिर प्रदर्शनी अवलोकन गरेका छन् ।
नेपाली कांग्रेसका तत्कालीन सभापति एवम् पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्तीका अवसरमा कांग्रेस केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागले पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको ऐतिहासिक फोटो प्रदर्शनीको प्रचण्डले अवलोकन गरेका हुन् ।
कांग्रेसकै कारण सत्ता गठबन्धन फेरबदलको अवस्थामा पुगेको भोलिपल्ट सभापति देउवा र प्रधानमन्त्री प्रचण्डलगायत नेताहरूले एकसाथ प्रदर्शनी अवलोकन गरेका हुन् ।
फोटो प्रदर्शनीको अलावा क्रान्तिदेखि शान्तिसम्म विषयमा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई, नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौला र नेकपा (एमाले) का नेता प्रदीपकुमार ज्ञवालीले विचार राख्ने कार्यक्रम रहेको छ ।
त्यसैगरी समुन्नतिको दोस्रो जग भन्ने शिर्षकमा छलफल काठमाडौं विश्वविद्यालयका प्राध्यापक डाक्टर अच्युत वाग्ले, हरि शर्मा र मञ्चला झाले अभिव्यक्ति राख्ने जानकारी दिइएको छ ।
हेर्नुहोस् तस्बिरहरू–
FACEBOOK COMMENTS