काठमाडौं । गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गर्दै दायर भएको रिटमा आज सुनुवाइ हुने भएको छ ।
मंगलबार भएको बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । मंगलबार लामिछानेका कानुन व्यवसायीले बहस गरेका थिए । मंगलबार रिट निवेदकका तर्फबाट रमण कर्णसहितका कानुन व्यवसायीको जवाफी बहस बाँकी रहेको छ ।
अधिवक्ता अनुपम भट्टराईले गृहमन्त्री लामिछाने सेयर सदस्य रहेको गोर्खा मिडिया नेटवर्कमा विभिन्न आधा अर्जन सहकारीको अवैध रकम अपचलन गरेको, उनको नाममा समेत ऋण लिइएकाले गृहमन्त्री बन्न नमिल्ने दाबी गर्दै रिट दायर गरेका छन् ।
FACEBOOK COMMENTS