राजविराज । सप्तरीको रुपनी गाउँपालिकामा रुपनी खानेपानी योजना आयोजना सम्पन्न भएको छ ।
योजनाबाट रुपनी–१ स्थित कर्मचारी टोलका ५० घर परिवार लाभान्वित भएका छन् । रुपनी गाउँपालिकामा कार्यरत इञ्जिनीयर रमेश यादवले रु २२ लाखको लागतमा खानेपानी योजना सम्पन्न भएको जानकारी दिए ।
रुपनी गाउँपालिकाका अध्यक्ष दिनेशकुमार यादवले रुपनी खानेपानी योजनाले खानेपानी समस्या समाधान गर्न सहयोग पुगेको बताए । रुपनी खानेपानी योजनाका अध्यक्ष तीर्थबहादुर खड्काले योजनाबाट करिब दुई सय ५० जना लाभान्वित भएको जानकारी दिए ।
FACEBOOK COMMENTS