काठमाडौं । विश्वबिख्यात मोटर निर्माता कम्पनी गोल्डेन ड्रागनका उत्पादनहरू अब नेपालमा पनि उपलब्ध हुने भएको छ ।
आर्क्स ग्रुपले गोल्डेन ड्रागनको उत्पादन कमर्सियल इलेक्ट्रिक भ्यानहरू नेपालमा भित्र्याउन लागेको हो ।
चीनकै उत्कृष्ट मोटर निर्माता कम्पनीका रुपमा समेत कहलिएको गोल्डेन ड्रागनका १४ सिटर ईभी भ्यान आर्क्स ग्रुपले नेपाल भित्र्याइसकेको छ भने १६ सिटर भ्यान ल्याउने प्रक्रिया सुरू गरिसकेको छ ।
विश्वकै ठूलो ईभी ब्याट्री उत्पादक सीएटीएलको ५३ किलो आवर ब्याट्री प्रयोग गरिएको १४ सिटर भ्यानको नेपाली मूल्य ५७ लाख रुपैयाँ तोकिएको छ । यो ब्याट्रीले एक पटकको ‘फुल चार्ज’मा ३०० किलोमिटर गुड्न सक्छ । यो भ्यानमा ८० किलोवाट पिक पावरको मोटर जडान गरिएको कम्पनीले जनाएको छ ।
हालसम्म विश्वका १२० भन्दा बढी देशमा निर्यात भइरहेको गोल्डेन ड्रागनका भ्यानहरू नेपालका लागि आधिकारिक बिक्रेता आर्क्स ग्रुपले उच्च गुणस्तर र भरपर्दो सेवाको प्रतिबद्धतासहित नेपाल भित्र्याएको हो ।
त्यस्तै, आकर्क्स ग्रुपले गोल्डेन ड्रागनले उत्पादन गरेको १६ सिट क्षमताको विद्युतीय माइक्रोबस पनि नेपाल ल्याउने फ्रक्रिया सुरु गरेको छ । १६ सिट क्षमताको विद्युतीय माइत्रोबस केही महिनाभित्र नेपाल आइपुग्ने आर्क्स ग्रुपले बताएको छ ।
यी भ्यानहरु लामो दूरी र छोटो दूरीका विभिन्न यातायात सञ्चालक, ट्राभल एजेन्सी, ट्रेकिङ्ग, अस्पताल, स्कुल, होटेल, कर्पोरेट कार्यालय लगायतका विभिन्न क्षेत्रका लागि अत्यन्तै उपयोगी र व्यावहारिक हुने विश्वास गरिएको छ भने विद्युतबाट सञ्चालन हुने हुँदा यी भ्यानहरू पर्यावरणमैत्री मात्र नभई, सञ्चालन खर्चमा पनि कमी ल्याउनेछन् ।
FACEBOOK COMMENTS