काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति आगामी शुक्रबार सार्वजनिक गर्ने भएको छ ।
यसअघि नेपाल राष्ट्र बैंकले गत शुक्रबार नै मौद्रिक नीति ल्याउने तयारी गरेको भए पनि नयाँ सरकार गठन भएको तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने कार्यक्रममा कारण प्रभावित भएको थियो ।
पछिल्लो समय देशको अर्थतन्त्र सिथिल भएको भन्दै त्यसलाई उकास्ने गरी मौद्रिक नीति ल्याउनुपर्ने बाध्यताका बीच सरकारले आवश्यक तयारी गरेर मात्रै मौद्रिक नीति सार्वजनिक गर्न लागिएको हो ।
अहिले तत्कालीन समयमा प्रधानमन्त्री केपी शर्मा ओली र डा. युवराज खतिवडा अर्थमन्त्री हुँदा महाप्रसाद अधिकारी गभर्नरमा नियुक्त भएको र अहिले पनि प्रधानमन्त्रीमा ओली, अर्थमन्त्रीमा एमालेकै तर्फबाट विष्णुप्रसाद पौडेल र प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा डा. खतिवडा रहेका कारण विद्यमान अवस्थाको सम्बोधन गर्नेगरी नीति आउने अपेक्षा गरिएको छ ।
मौद्रिक नीतिमा हस्तक्षेप, बजारमा चलखेल
FACEBOOK COMMENTS