काठमाडौं । आन्तरिक रोजगारीमा आएको सङ्कुचनका कारण विदेश जाने युवा बढेका छन् । आन्तरिक रोजगारी नपाएपछि विदेश जाने नयाँ युवा जनशक्ति ६२ प्रतिशत रहेका छन् ।
वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको गत आवको तथ्याङ्कले विगत दुई वर्षयता रोजगारीका लागि जाने नयाँ युवाको सङ्ख्या बढ्दै गएको देखाएको छ । यद्यपि, गत आवमा अघिल्लो आवभन्दा ३४ हजार १२२ कम युवा वैदेशिक रोजगारीमा गएका तथ्याङ्कले देखाएको छ । विभागका निर्देशक लोकनाथ भुसालले गत आवमध्ये पनि पछिल्लो ३ महिनायता वैदेशिक रोजगारीका लागि श्रमस्वीकृति लिनेको सङ्ख्या बढेको बताएका छन् ।
आन्तरिक रोजगारीमा आएको सङ्कुचनको कारण नयाँ क्षेत्र सिर्जना हुन सकेको छैन । कामको खोजीमा दैनिक औषतमा १२ सय भन्दा बढी युवा विदेश जाने गरेका छन् । चालु आर्थिक वर्षमा दैनिक औषत १ हजार बढी र मासिक करिब ३७ हजार नेपाली श्रम बजारमा आउने आकलन गरिएको छ । गत आवमा ४ लाख ६० हजार नयाँ युवा वैदेशिक रोजगारीमा गएको विभागले जनाएको छ ।
अघिल्लो आर्थिक वर्षबाट लयमा फर्किएको वैदेशिक रोजगारी गत आवमा समेत उच्च देखिनुले आगामी वर्ष पनि नेपाल आउने रेमिटेन्स वृद्धि हुने देखिन्छ । लकडाउनयता आन्तरिक रोजगारीमा सङ्कुचन आएपछि विगत दुई वर्षयता वैदेशिक रोजगारमा जानेको सङ्ख्या बढ्दो क्रममा रहेको छ ।
सामान्य अवस्थामा विगत दुई वर्षअघि नेपालबाट मासिक औषत २४ हजार नयाँ युवा वैदेशिक रोजगारीमा जाने गरेकोमा अहिले यो सङ्ख्या बढेको छ ।
विभागले श्रमस्वीकृति लिनेमध्ये संस्थागत, वैधानिकीकरण (व्यक्तिगत नयाँ) र जीटूजीलाई नयाँ श्रमस्वीकृति र पुनः तथा व्यक्तिगतलाई पुनः श्रमस्वीकृतिको वर्गमा राख्ने गरेको छ । अघिल्लो आर्थिक वर्षमा ७ लाख ७१ हजार युवाका लागि श्रमस्वीकृति जारी भएको थियो । त्यो भन्दा ७ लाख ४१ हजार रहेका थिए ।
गत आवको तथ्याङ्कलाई हेर्दा साउनमा ३९ हजार, भदौमा ५३ हजार, असोजमा ३८ हजार, कात्तिकमा २४ हजार, मंसिरमा ३४ हजार, पुषमा ३४ हजार, माघमा ३९ हजार, फागुनमा ३९ हजार, चैतमा ७९ हजार, वैशाखमा ७० हजार, जेठमा ७२ हजार र असारमा ५८ हजार युवाले श्रमस्वीकृति लिएका थिए ।
गत वर्ष भने साउदी अरब जाने नयाँ युवाको सङ्ख्या बढेर कतार र साउदी अरब जानेको सङ्ख्या न्यून थियो । गत आवको तथ्याङ्कले खाडी राष्ट्रमध्ये पनि यूएई जानेको सङ्ख्या सबैभन्दा बढी १ लाख ३१ हजार देखाएको छ । यसरी नै कतार ४० हजार, मलेसिया ८१ हजार, साउदी अरब ७३ हजार रहेको छ ।
अघिल्लो आर्थिक वर्षबाट लयमा फर्किएको वैदेशिक रोजगारी गत आवमा समेत उच्च देखिनुले आगामी वर्ष पनि नेपाल आउने रेमिटेन्स वृद्धि हुने देखिन्छ । लकडाउनयता आन्तरिक रोजगारीमा सङ्कुचन आएपछि विगत दुई वर्षयता वैदेशिक रोजगारमा जानेको सङ्ख्या बढ्दो क्रममा रहेको छ ।
FACEBOOK COMMENTS