काठमाडौं । नेकपा एमालेसम्बद्ध राष्ट्रिय युवा संघ नेपाल अन्तर जिल्ला कमिटी दोलखाको अध्यक्षमा माधव खड्का र सचिवमा सविन सुवेदी सर्वसम्मत चयन भएका छन् ।
हिजो शनिबार राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय अध्यक्ष क्षितिज थेवेको प्रमुख आतिथ्यतामा काठमाडौंको तीनकुनेस्थित रोय बैंकेटमा सम्पन्न दोस्रो अधिवेशनले माधव खड्काको नेतृत्वमा सचिव सुवेदीसहित ३१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
नयाँ कार्यसमितको उपाध्यक्षमा राजिन्द्र मान सिंह बस्नेत, सचिवमा सविन सुवेदी, उपसचिवमा मिलन गोले र सन्तोष कार्की तथा कोषाध्यक्षमा अञ्जना जिरेल चयन भएका छन् ।
यस्तै, सदस्यहरूमा युथ फोर्स विभाग प्रमुखको जिम्मेवारीसहित नवीन मल्ल, राजकुमार घतानी, बिपिन केसी, सञ्जिव खड्का, उत्तम खड्का, सरोज खत्री, साङ्गे कुमार लामा, नवीन श्रेष्ठ, दिनेश सुवेदी, सुनिता पाण्डे चयन भएका छन् ।
यस्तै, विभिषण पाण्डे, अनिल थापा, एसाङ तमाङ, विजय आचार्य, जीवन जीसी, मनिष मल्ल, रोशन ओली, भिष्मा कुमारी मोक्तान, दिपक बस्नेत, दानबहादुर खड्का, सन्तोष तमाङ, बलबहादुर तामाङ, रामकुमार तामाङ, आङदावा शेर्पा र ठगबहादुर थापा सदस्य चयन झएका छन् ।
अधिवेशन सुरू हुनुअघि रक्तदान कार्यत्रम आयोजना गरिएको थियो । सो कार्यक्रममार्फत दुई जना महिलासहित २४ जनाले रक्तदान गरेका छन् ।
यसैबीच, नवनिर्वाचित कमिटीको युथ फोर्स विभाग प्रमुखमा नवीन मल्ल चयन भएका छन् । अधिवेशनले माधव खड्काको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नाका साथै युथ फोर्स विभाग प्रमुख पनि चयन गरेको हो ।
युथ फोर्स विभाग प्रमुख मल्ल सो कमिटीको पदाधिकारीसरहको हैसियतमा रहने बताइएको छ ।
FACEBOOK COMMENTS