काठमाडौं । गत आर्थिक वर्षमा माछापुच्छ्रे बैंकले १ अर्ब २५ करोड १ लाख ६७ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।
जुन अघिल्लो आवको सोही अवधिमा बैंकले १ अर्ब ६२ करोड ५५ लाख २५ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।
बैंकको ब्याज आम्दानी, खुद ब्याज आम्दानी, सञ्चालन नाफामा गिरावट आउँदा नाफा घटेको छ ।
खुद ब्याज आम्दानी ६.७६ प्रतिशतले घटेर ५ अर्ब ९० लाख रुपैयाँ रहेको छ । बैंकको सञ्चालन नाफा १७.९७ प्रतिशतले घटेर १ अर्ब ९५ करोड २७ लाख रुपैयाँ रहेको छ ।
बैंकको वितरणयोग्य नाफा भने ४६ करोड ६४ लाख रुपैयाँ ऋणात्मक रहेको छ । लाभांश क्षमता १४.२१ प्रतिशतबाट घटेर ४.०१ प्रतिशत रहेको छ ।
बैंकले २०८१ असार मसान्तसम्म १ खर्ब ५७ अर्ब ९४ करोड १८ रुपैयाँ बराबरको निक्षेप परिचालन गरेर १ खर्ब २७ अर्ब १० करोड ६७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
बैंकको चुक्तापुँजी ११ अर्ब ६२ करोड १३ लाख र जगेडा कोषमा १७ अर्ब २९ करोड ४३ लाख रुपैयाँ छ । बैंकको प्रतिसेयर आम्दानी १०.७६ रुपैयाँ, नेटवर्थ १४८.८ रुपैयाँ र पीई रेसियो १८.५९ प्रतिशत छ ।
यस अवधिमा बैंकको निष्क्रिय कर्जा २.२६ प्रतिशतबाट बढेर ३.६३ प्रतिशत कायम भएको छ भने खुद निष्क्रिय कर्जा ०.८६ प्रतिशतबाट बढेर १.५६ प्रतिशत पुगेको छ ।
FACEBOOK COMMENTS