काठमाडौं । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर देश छाडे पनि बंगलादेशमा हिंसात्मक घटनाहरू जारी रहेको छ ।
आन्दोलनका क्रममा पछिल्लो समय हिन्दू मन्दिर र मूर्तिहरूमाथि आक्रमण तीव्र पारिएको छ ।
बंगलादेशी सञ्चारमाध्यमहरूका अनुसार बंगलादेशको मेहेरपुरस्थित इस्कान मन्दिरमा तोडफोड भएको छ भने मन्दिरका मूर्तिहरूमा आगो लगाइएको दृश्य तथा तस्बिरहरू सार्वजनिक भएका छन् ।
बंगलादेशी मिडियाका अनुसार त्यहाँ धेरै हिन्दू मन्दिरहरूलाई निशाना बनाइएको उल्लेख छ ।
प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेलगत्तै अन्तरिम सरकार बनाउने सेना प्रमुखको घोषणा
FACEBOOK COMMENTS