काठमाडौं । नेसनल लाइफ इन्स्योेरेन्स र सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
दुवै कम्पनीले आगामी साधारण सभा प्रयोजनको लागि भोली बिहीबार असार २४ बुक क्लोज गर्दैछन् । दुई कम्पनीको लाभांश पाउन र सभामा भाग लिन आजसम्म सेयरधनी बन्नुपर्ने छ ।
इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट ४ प्रतिशत बोनस सेयर र कर सहित १०.७४ प्रतिशत नगद लाभांश दिने भएको छ ।
लाभांश पारित गर्न कम्पनीले भदौ ७ गते सभा बोलाएको छ ।
सूर्योदय वोमी लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट १४ प्रतिशत बोनस सेयर दिने जनाएको छ । उक्त बोनस सेयर एफपीओ पाउने लगानीकर्ताले पनि पाउछन् । बोनस सेयर पारित गर्न कम्पनीको वार्षिक साधारण सभा साउन ३२ गते बस्दैछ ।
FACEBOOK COMMENTS