काठमाडौं । निरन्तर पानी परेपछि काठमाडौँ जिल्लाको विष्णुमती नदी किनारमा बसोबास गर्ने र यात्रा गर्नेहरुलाई बिहान १० बजेसम्म सचेत हुन आग्रह गरेको छ ।
गोङ्गबु जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र आसपास बसोबास गर्ने र विष्णुमती नदी किनार भई यात्रा गर्नेहरूले बिहान १० बजेसम्म उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको हो ।
FACEBOOK COMMENTS