काठमाडौं । मेसेजिङ एप टेलिग्रामका प्रमुख कार्यकारी पावेल दुरोभलाई फ्रान्सेली प्रहरीले पक्राउ गरेको छ ।
फ्रान्सेली सञ्चारमाध्यमका अनुसार पावेल दुरोव आफ्नो निजी जेटमा पेरिसको ले बोर्गे एयरपोर्ट पुगेका थिए, जहाँबाट प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
फ्रान्सेली प्रहरी अधिकारीहरूका अनुसार ३९ वर्षीय दुरोवलाई मेसेजिङ एपसँग सम्बन्धित अपराधमा वारेन्टअन्तर्गत पक्राउ गरिएको हो ।
रूसको सरकारी समाचार एजेन्सी तासले फ्रान्समा रहेको रूसी दूतावासले पनि स्थिति सम्हाल्न तत्काल कदम चालिरहेको जनाएको छ ।
टेलिग्राम एप रूस, युक्रेन र यस क्षेत्रका देशहरूमा धेरै लोकप्रिय छ । यद्यपि, रूसले सन् २०१८ मा प्रयोगकर्ताको डाटा हस्तान्तरण गर्न अस्वीकार गरेकामा यो एपमाथि प्रतिबन्ध लगाएको थियो । तर, सन् २०२१ मा उक्त प्रतिबन्ध हटाइएको थियो ।
FACEBOOK COMMENTS