काठमाडौं । इन्दिरा आईभीएफ नेपाल आफ्नो असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी (एआरटी) सेवाहरूका लागि क्वालिटी एण्ड अक्रिडिटेसन इन्स्टिच्युट (क्यूएआई) बाट प्रतिष्ठित मान्यता प्राप्त गरेको छ ।
योसँगै इन्दिरा आईभीएफ नेपाल एआरटी सेवाहरूका लागि क्यूएआईबाट प्रतिष्ठित मान्यता पाउने देशको पहिलो आईभीएफ क्लिनिक बनेको क्लिनिकले जनाएको छ ।
यस ऐतिहासिक उपलब्धिले प्रजनन उपचारको क्षेत्रमा नयाँ बेञ्चमार्क तय गर्दै नैतिक एवम् पारदर्शी प्रक्रियाहरूप्रति इन्दिरा आईभीएफको प्रतिबद्धतालाई बलियो बनाउने लक्ष्य लिइएको कम्पनीको भनाइ छ ।
‘अन्तर्राष्ट्रिय मापदण्डहरू पूरा गर्ने गरी उपचार सेवा उपलब्ध गराउने इन्दिरा आईभीएफ, नेपालको समर्पणको प्रमाण स्वरूप क्यूएआई प्रमाणीकरण प्राप्त भएको हो । यसबाहेक यसले क्लिनिकको सफलता दरलाई बलियो बनाई उन्नत प्रजनन उपचारहरू प्रदान गर्ने प्रतिबद्धतालाई समेत उजागर गर्छ । बिरामीहरूको लागि यो मान्यता सुरक्षित, भरपर्दो र उन्नत प्रजनन उपचारको ग्यारेन्टी हो भने यसले इन्दिरा आईभीएफ नेपालमा उच्चस्तरको स्वास्थ्य सेवा प्राप्त हुन्छ भन्ने समेत सुनिश्चित गर्दछ,’ क्लिनिकले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
‘इन्दिरा आईभीएफ नेपालमा हामीले सधैं निजिकृत दृष्टिकोणको साथमा उच्चस्तरीय उपचार सेवालाई प्राथमिकता दिएका छौं । हाम्रो ढोकाबाट प्रवेश गर्ने हरेक बिरामीले आफ्नो विशिष्ट आवश्यकता अनुरूप टप–नच केयरको अपेक्षा गर्न सक्छन् । बढ्दो जवाफदेहिता र विकसित नीतिहरूसँगै नेपालमा प्रजनन उपचारमा महत्वपूर्ण परिवर्तनहरू भइरहेका छन् । क्यूएआईको कठोर मापदण्डहरू पूरा गर्ने हाम्रो प्रयासले हामीलाई हाम्रा बिरामीहरूलाई इथिकल र पेसेन्ट–फर्स्ट शैलीमा उपचार गर्न सक्नेगरी सशक्त बनाएको छ,’ इन्दिरा आईभीएफ नेपालकी केन्द्र प्रमुख तथा आईभीएफ विशेषज्ञ डा. नेहा होमागाईँले भनिन् ।
यस्तै, क्वालिटी एण्ड एक्रिडिटेसन इन्स्टिच्युट (क्यूएआई) का प्रमुख कार्यकारी अधिकृत डा. बीके राणाले भने, ‘भारतको प्रख्यात र सबैभन्दा ठूलो आईभीएफ हस्पिटल चेन इन्दिरा आईभीएफले भर्खरै नेपालमा आफ्नो सेवा विस्तार गरेको छ र अहिले यो नयाँ केन्द्र नेपालकै पहिलो आईभीएफ/एआरटी केन्द्र भएको छ । क्यूएआई द्वारा प्राप्त यस मान्यताले उत्कृष्ट प्रजनन उपचारको लागि आफ्नो प्रतिबद्धता स्थापित गर्न अग्रसर इन्दिरा आईभीएफको लागि एक महत्वपूर्ण कोसेढुङ्गा हो । हामीलाई साइटमा पुगेर मूल्याङ्कन गर्ने क्रममा उहाँहरूले पुर्याउनुभएको सहयोगका लागि हार्दिक धन्यवाद व्यक्त गर्दछौं । सकारात्मक मनोवृत्तिका साथ खुला रूपमा आफ्ना अनुभवहरू साट्दै बिरामीहरूको आवश्यकता बुझ्ने र तदनुरूप सहायता गर्ने क्यूएआई मान्यता प्राप्त इन्दिरा आईभीएफ नेपाललाई हामी उहाँहरूको समर्पण, जोश र विशेषज्ञताको विशेष कदर र प्रशंसा गर्दछौं ।’
क्यूएआई को बारेमा
शिक्षा, प्रशिक्षण, गुणस्तर सुधार र मान्यता÷प्रमाणीकरणको इकोसिस्टम सिर्जना गर्न क्यूएआई को स्थापना गरिएको हो । यो संस्थाले गुणस्तरसँग सम्बन्धित विज्ञ र संस्था लगायत सरोकारवालाहरूलाई आफ्नो दृष्टिकोणलाई साकार पार्न आफ्नो अनुभव र ज्ञान साटासाट गर्ने प्लेटफर्म प्रदान गर्छ । यसले सम्बन्धित सबैलाई सिक्न र क्यूएआई सँग संलग्न संस्थाहरूलाई सुधार गर्नमा योगदान गर्ने ठूलो अवसर प्रदान गर्छ । यहाँ विभिन्न किसिमका कार्यक्रमहरू विभिन्न विषय अन्तर्गत एक अर्काबाट निरपेक्ष रहने तरिकाले संचालन गरिन्छ ।
इन्दिरा आईभीएफको बारेमा
इन्दिरा आईभीएफ बाँझोपन सम्बन्धि समस्याहरूसँग जुधिरहेका जोडीहरूलाई बृहत् एवम् सहृदय उपचार प्रदान गर्न समर्पित एक अग्रणी प्रजनन क्लिनिक हो । भारतको सबैभन्दा ठूलो बाँझोपन विशेष क्लिनिक श्रृंखलाको एक हिस्साको रूपमा रहेको इन्दिरा आईभीएफ नेपालले अत्याधुनिक प्रविधि र अनुभवी विशेषज्ञहरूको टोली मार्फत् आईभीएफ, आईयुआई र अन्य सहायक प्रजनन प्रविधिहरू सहित बिस्तृत उपचार सेवाहरूको दायरा प्रदान गर्छ ।
बाँझोपनका बारेमा व्याप्त भ्रम र अन्धविश्वासहरू हटाउन प्रतिबद्ध इन्दिरा आईभीएफ नेपाल बाँझोपन उपचारका क्षेत्रमा जनचेतना, आशावादिता र सर्वसुलभ पहुँचको सिर्जना गर्न प्रयासरत छ । केन्द्रकि प्रमुख तथा प्रमुख बाँझोपन विशेषज्ञ डा. नेहा होमागाईको नेतृत्वमा रहेको यस क्लिनिक प्रत्येक व्यक्तिको परिवारको आनन्द अनुभव गर्ने अवसर प्राप्त गर्ने हकमा विश्वास गर्दै दम्पतीहरूलाई अभिभावकत्वको यात्रामा सशक्त बनाउन प्रतिबद्ध छ । सन् २०२३ मा यस संगठनमा रणनीतिक रूपमा द्यएभ्ब्–भ्त्तत् लगानी गरिएको थियो । इन्दिरा आईभीएफको स्थापना डा. अजय मुर्डियाद्वारा सन् २०११ मा राजस्थानको उदयपुरमा गरिएको थियो ।
FACEBOOK COMMENTS