काठमाडौं । प्रभु बैंक लिमिटेड र काठमाडौंको त्रिपुरेश्वरस्थित ब्लु क्रस हस्पिटल प्रालिबीच अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
एक समारोहका बीच ब्लु क्रस हस्पिटलका तर्फबाट सदस्यसचिव रजत श्रेष्ठ र प्रभु बैंकका तर्फबाट बागमती प्रदेश क्षेत्र नं. १ का प्रमुख दीपेन्द्रबाबु विष्टले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरू, कार्ड प्रयोगकर्ताहरू, कर्मचारी तथा कर्मचारीका पारिवारजनले ब्लु क्रस हस्पिटलमा उपचार सेवा लिँदा अन्तरंग तथा बहिरंग सेवा, ओपीडी टिकट, रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापीलगायतका सेवाहरूमा ५ देखि १२ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरूले प्रभु बैंकको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिभलेज कार्ड तथा क्यूआरबाट समेत भुक्तानी गर्न सक्नेछन् ।
ब्लु क्रस हस्पिटलले केही दशकदेखि निरन्तर स्तरीय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको र एकै छानामुनि आकस्मिक उपचारदेखि सघन उपचार अनि पेन मेडिसिनलगायत उपलब्ध गराउँदै आइरहेको छ । स्वास्थ्यप्रति जागरूक नागरिकहरूका लागि ब्लु क्रस हस्पिटलमा विभिन्न स्वास्थ्य परीक्षण प्याकेजहरूमार्फत नियमित स्वास्थ्य परीक्षण, परामर्श तथा उपचार सेवाहरूसमेतको व्यवस्था रहेको छ ।
हालसालै ‘बैंक अफ द इयर, २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंकले नेपालभर ३१५ शाखा कार्यालयहरू, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा दिँदै आएको छ ।
साथै छोटो समयको अन्तरालमा नै ‘फिनाकल इन्फोसिस इनोभेसन गोल्ड, २०२४’ अवार्डबाट पनि सम्मानित भएको छ ।
FACEBOOK COMMENTS