काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।
उपसभामुख इन्दिरा रानामाथि महाअभियोग लगाउने विषयमा चर्चा भएपछि रास्वपाका सभापति रवि लामिछाने बालुवाटार पुगेको बताइएको छ ।
आज बसेको प्रतिनिधि सभा बैठकमा उपसभामुख इन्दिरा रानाले संसद् सचिवालय समेतलाई थाहा नदिई पदीय दुरुपयोग गर्दै अमेरिकी दूतावासलाई पत्र लेखेको भन्दै सांसदहरूले राजीनामा माग गरेका छन् ।
FACEBOOK COMMENTS