काठमाडौं । लक्ष्मी ग्रुप अटोमोटिभ डिभिजनले न्यू इनर्जी भेहिकलहरूका लागि लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ ।
नेपाली अटो क्षेत्रमा लामो समयदेखि सेवा पुर्याउँदै आएको ग्रुपले काठमाडौंको तीनकुनेमा सो सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो ।
सेन्टरमा ग्रूपले हालसालै ल्याएको चाइनिज ब्रान्ड केईको सर्भिस हुने जनाएको छ । केईको शोरुम नक्सालस्थि भाटभटेनीमा सञ्चालनमा आइसकेको छ । हाल बढ्दै गइरहेको विद्युतीय गाडी र वैकल्पिक ऊर्जाबाट चल्ने गाडीका लागि भनेर छुट्टै सर्भिस सेन्टर सुरू गरिएको कम्पनीले जनाएको छ ।
सेन्टरमा अत्याधुनिक प्रविधिका हाइ भोल्टेज ब्याट्री चेकजाँच गर्ने उपकरण जस्तैः हाइ भोल्टेज ब्याट्री बेलेन्सर, लिफ्टिङ ट्रली, हाइ भोल्टेज इन्सुलेटेड टुल्स, एअर टाइट्नेस टेस्टर जस्ता धेरै अत्याधुनिक र विश्वस्तरीय उपकरणका माध्यमबाट परीक्षण र मर्मत हुने छ । सेन्टरमा सबै प्राविधिकहरू ईभी सर्टिफाइड दक्षता हासिल गरेको बताइएको छ ।
सर्भिस सेन्टरमा ईभी चार्जिङ पोइन्ट, यथेष्ठ पार्किङ सुविधा र ६ वटा गाडी एकै साथ सर्भिस गर्न सकिने अत्याधुनिक सर्भिस–वेहरू जडान गरिएका छन् ।
ग्राहक वर्गको विविध आवश्यकता र आकांक्षाहरू पूरा गर्ने लक्ष्य राख्दै लक्ष्मी न्यू इनर्जी सर्भिसले आफ्ना ग्राहकवर्गहरू को सहजता र सहुलियतका लागि सो स्टेसन सञ्चालनमा ल्याएको स्पष्ट गरेको छ ।
FACEBOOK COMMENTS