काठमाडौं, बैशाख १३ – कोरोना संक्रमणबाट भारतमा हाल सम्म ७ सय ८० जनाले ज्यान गुमाएका छन् । भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या २४ हजार ४ सय ४७ पुगेको छ। पछिल्लो २४ घन्टामा भारतमा १४ सय बढी संक्रमित थपिएका थिए।
शुक्रबार एकैदिन ५९ जनाको मृत्यु भएको त्यहाँका अधिकारीहरुले जनाएका छन्। भारतमा लागु गरिएको लकडाउनका कारण कोरोना संक्रमणको दर भने घटेको छ । लकडाउन सुरु हुँदाको समयमा २१।६ प्रतिशत रहेको कोरोना संक्रमितको वृद्धिदर लकडाउनको एक महिना पछि आउँदा ८।१ प्रतिशतमा झरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
भारतमा सबैभन्दा बढी संक्रमित हुनेहरु महराष्ट्र प्रदेशमा रहेका छन्। त्यहाँ हालसम्म ६४ सय बढी संक्रमित भेटिएका छने भने २८३ जनाको मृत्यु भइसकेको छ।
त्यस्तै गुजरातमा २६ सय बढी कोरोना संक्रमित रहेका छन् भने ११२ जनाको मृत्यु भएको छ। राजधानी दिल्लीमा भने कोरोना संक्रमितको संख्या करिब २४ सय रहेको छ भने मृत्यु हुनेको संख्या ५० भन्दा धेरै पुगेको छ।
FACEBOOK COMMENTS