काठमाडौं, बैशाख १३ – सरकारले लकडाउनलाई कसरी अघि बढाउने भन्ने बारेमा आज निर्णय गर्ने भएको छ ।
चैत ११ गतेबाट जारी लकडाउन बैशाख १५ गते सकिदैंछ । अब लकडाउन कसरी अगाडी बढाउने भन्ने बारे निर्णय लिन बिहान ११ बजेदेखि उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक बसिरहेको छ ।
बैठकले लकडाउनको स्वरुप परिवर्तन गर्ने वा अहिलेकै अवस्थालाई निरन्तरता दिने भन्ने बिषयमा निर्णय गर्ने स्रोतले जनाएको छ ।
शुक्रबार झापाका एक पुरुषमा कोरोना भाइरस पुष्टि भएसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या ४९ पुगेको छ भने ११ जना निको भएर घर फर्किएका छन् । सरकारले पछिल्ला समय कोरोना परीक्षणको दायरा बढाउँदै लगेपछि संक्रमितको संख्या पनि थपिदैं गएको छ ।
FACEBOOK COMMENTS