प्रभु बैंक लिमिटेड भिजा इन्टरनेशनलले हालै आयोजना गरेको ‘भिजा लिडरशिप कन्क्लेभ नेपाल, २०२४’ मा दुई विधामा सम्मानित भएको छ । ‘एक्सिलेन्स इन कन्ज्युमर डेबिट कार्ड बिजनेस’ र ‘एक्सिलेन्स इन प्रडकट इनोभेशन’ विधामा सम्मानित भएको हो ।
भिजा एफिलिएट सदस्यता श्रेणीका रूपमा भिजा नेटवर्कमा भिजा उपभोक्ता डेबिट कार्डको व्यवसायमा उत्कृष्टताबापत पहिलो अवार्ड प्राप्त भएको हो भने दोस्रो अवार्ड पूर्ण नवीनतम सुविधासहितको प्रभु भिसा बिजनेस डेबिट कार्डको पहिलो व्यावसायिक सेवा विस्तारसँग सम्बन्धित छ ।
प्रभु बैंक लिमिटेडले सञ्चालनमा ल्याएको प्रभु भिजा बिजनेस डेबिट कार्ड सेवा अन्र्तराष्ट्रिय रूपमै एक विशिष्ट किसिमको विद्युतीय भुक्तानीको औजार हो, जहाँ व्यावसायिक कारोबारको भुक्तानी सरल र सुरक्षित तरिकाले विद्युतीय भुक्तानीको माध्यमबाट गरिन्छ । प्रभु भिजा बिजनेस डेबिट कार्ड प्रभु बैंकमा चल्ती खाता खोली कारोबार गर्ने/गरिरहेका खाताधनीहरूलाई लक्षित गरी डेबिट कार्डसम्बन्धी सुविधा उपलब्ध गराउने अभिप्रायले प्रभु भिजा बिजनेस डेबिट कार्ड सेवाको थालनी गरिएको हो । भिजा बिजनेस डेबिट कार्ड विशेष गरी व्यापारिक प्रयोजनका लागि मात्र लक्षित छ । कर्पाेरेट र व्यापारिक घरानाहरू, फर्महरू, कम्पनीहरू, स्कुल तथा कलेज र विश्वविद्यालयहरू, होटल र रेष्टुरेन्टहरू, अस्पतालहरू आदिमा सीमित हुन सक्दछन्, जसले आफ्ना व्यापारीहरू, विक्रेताहरू, आपूर्तिकर्ताहरू र सेवाप्रदायक आदिलाई नियमित रूपमा साना र ठूला भुक्तानीहरू गर्दछन् ।
प्रभु बैंकद्वारा सञ्चालित भिजा बिजनेस डेबिट कार्डको मद्दतले व्यावसायिक कारोबारको भुक्तानीमा सहजता भई व्यवसाय प्रवर्द्धनमा थप सहजता तथा पारदर्शितासमेत कायम रहने बैंकले विश्वास लिएको छ ।
त्यसैगरी ग्राहकहरूको रोजाइको अग्रणी बैंकका रूपमा रहेको तथा हालसालै ‘बैंक अफ द इयर, २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंकले नेपालभर ३१५ शाखा कार्यालयहरू, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टरमार्पmत करिब ३१ लाखभन्दा बढी ग्राहकहरूलाई ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मूल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको छ । बैंक अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रूपमा अगाडि बढिरहेको हो । साथै छोटो समयको अन्तरालमा नै ‘फिनाकल इन्फोसिस इनोभेसन गोल्ड, २०२४’ अवार्डबाट सम्मानित भएको छ ।
FACEBOOK COMMENTS