काठमाडौं, बैशाख १५- प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत सबै कर्मचारीहरुको कोरोना बीमा गरेको छ । इन्स्योरेन्सले सम्पूर्ण कर्मचारीहरुको प्रतिव्यक्ति एक लाख रुपैयाँ बराबरको बीमालेख प्रदान गर्ने निर्णय गरेको हो ।
हाल विश्वव्यापी रुपमा फैलिइरहेको कोभिड-१९ रोगको संक्रमणबाट आर्थिक सुरक्षा प्रदान गर्ने उद्देश्यले उक्त निर्णय गरेको हो ।
साथै, हालै बीमा समितिबाट सञ्चालनमा आएको कोभिड-१९ रोगको संक्रमण सम्बन्धि बीमा गर्ने निर्णय गरेकोे कम्पनीले जनाएको छ ।
FACEBOOK COMMENTS