कास्की । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले देशको राजनीतिक, आर्थिक एवं सामाजिक अस्थिरतालाई ठिक ठाउँमा ल्याउन दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी ९एमाले० को नेतृत्वमा सरकार गठन भएको बताएका छन् ।
कांग्रेस गण्डकी प्रदेश कार्यालय पोखरामा आज आयोजित कार्यक्रममा उनले विसं २०८४ को निर्वाचनमा मुख्य प्रतिस्पर्धी एमाले भए पनि देशलाई अस्थिरताबाट जोगाउन कांग्रेसले मिलेर सरकार बनाएको बताए । “देशलाई सङ्कटबाट मुक्त गर्न दुई पार्टीबीच सहकार्य भएको हो । त्यसैले जनतालाई राहत दिने गरी सरकारले काम गर्नुपर्छ भनेर लागिरहेका छौँ । देशलाई सही दिशामा डोर्याउन सरकार सचेत र संवेदनशील भई अन्य पार्टीलाई पनि सँगै लिएर जान्छ”, मन्त्री पाण्डेले भने ।
विविधतापूर्ण संस्कृति र प्राकृतिक रूपमा सम्पन्न नेपालमा पर्यटन क्षेत्रको विकासका लागि काम गर्नुपर्ने आवश्यकता औँल्याउँदै मन्त्री पाण्डेले यसका लागि सरकार क्रियाशील रहेको धारणा राखे ।
पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल र भैरहवास्थित गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थललाई चलायमान बनाउन आफूले विदेशी एयरलाइन्स कम्पनीसँग कुरा गरिरहेको उनले जानकारी दिए ।
“दुई वटा विमानस्थल चलायमान गर्न विमानस्थलबाट लिँदै आएको प्रतिव्यक्ति तीन हजार कर छुट गरिएको छ । अब नेपाली आकास सुरक्षित छ भन्ने सन्देश दिन सबै मिलेर काम गर्न जरूरी छ”, मन्त्री पाण्डेको भनाइ थियो ।
कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले नेपालमा धार्मिक पर्यटकको सम्भावना रहेकाले भएकाले सोहीअनुसार पर्यटन पूर्वाधार विकास र प्रचारप्रसारमा लाग्नुपर्नेमा जोड दिए ।
FACEBOOK COMMENTS