काठमाडौं, बैशाख १६ – मंगलबार थप दुई जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । भारतबाट आई रौतहटको क्वारेन्टाइनमा बसेका २ जनामा भाइरस संक्रमणको पुष्टि भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय रौतहटकाअनुसार वृन्दावन नगरपालिका ९ भुसहाटोलका २८ बर्षीय पुरुष र देवाही गोनाही नगरपालिका १ करुनिया टोलका ३५ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
चपुर नगरपालिकामा रहेको एन्फा भवनको क्वारेन्टाइन बसेका उनमा प्रादेशिक अस्पताल जनकपुरमा पीसीआर परिक्षण गर्दा देखिएको देखिएको थियो । तर संक्रमणको लक्षण देखिएपछि थप पुष्टि गर्दा टेकुमा पठाईएकोमा टेकुमा पनि पोजेटिभ नतिजा आएको हो ।
यस संगै नेपालमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ ।
FACEBOOK COMMENTS