काठमाडौं । विभिन्न चार वटा कम्पनीले आज वार्षिक साधारणसभा बोलाएका छन् ।
आज नेपाल ल्यूब आयल, अपर स्याङ्गे हाइड्रोपावर, बाराही हाइड्रोपावर र मोलुङ्ग हाइड्रोपावर कम्पनीले सभा बोलाएका हुन् । जसमा नेपाल ल्यूब आयलले मात्रै लगानीकर्तालाई लाभांश दिने प्रस्ताव गरेको छ । अन्य कम्पनीले भने हात खाली बनाएका छन् ।
कम्पनीले गत आवको नाफबाट २० प्रतिशत बोनस सेयर र करसहित ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । सभामा कम्पनीले लाभांश सहित प्रिमियममा एफपीओ जारी गर्ने प्रस्ताव रहेको छ । नेपाल ल्यूब आयलले वार्षिक साधारण सभा याक प्लालेस, पुल्चोक, ललितपुरमा बिहान साढे ११ बजेदेखि सुरु हुनेछ ।
गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ को लागि लेखापरीक्षक नियुक्त गर्ने एजेन्डा पनि रहेको छ । सभा प्रयोजनार्थ कम्पनीले असोज ४ गते बुक क्लोज गरिसकेको छ । असोज ४ भन्दा अघिसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् ।
अपर स्याङ्गे हाइड्रोपावरले आज सभा बोलाएको छ । कम्पनीले यो पटक लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन । सभा कुण्डलिनी दरबार ब्यांकेट, चप्पल कारखाना चोक, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । सभामा, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणमा छलफल हुनेछ ।
आर्थिक वर्ष २०८१–८२ को लागि लेखापरीक्षक नियुक्त गर्ने एजेन्डा पनि रहेको छ । सभा प्रयोजनार्थ कम्पनीले असोज ४ गते बुक क्लोज गरिसकेको छ । तसर्थ असोज ३ गतेसम्म कायम सेयरणधनीले मात्र सभामा भाग लिन पाउनेछन् ।
बाराही हाइड्रोपावरले आज सभा बोलाएको छ । यो पटक कम्पनीले लाभांश नदिने भएको छ । सभा गौरव इभेन्ट्स, गौतम प्लाजा, स्युचाटार–सालिक चोक, कलंकी, काठमाडौंमा बिहान ८ बजे सुरु हुनेछ । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणमा छलफल हुनेछ ।
आर्थिक वर्ष २०८१–८२ को लागि लेखापरिक्षक नियुक्त गर्ने एजेन्डा पनि रहेको छ । सभा प्रयोजनार्थ यस कम्पनीले असोज १० गते बुक क्लोज गरिसकेको छ । असोज ९ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् । मोलुङ्ग हाइड्रोपावर कम्पनीले यो पटक २ आर्थिक वर्षको सभा बोलाएको छ । कम्पनीले यो पटक लाभांश नदिने भएको छ ।
सभा बाघभैरव ब्यांकेट, नगाउँ दोबाटो, कीर्तिपुर, काठमाडौंमा बिहान ९ बजे सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०७९–८० र २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ ।
त्यस्तै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । सभाले नयाँ सञ्चालक समिति गठन गर्नेछ । सभा प्रयोजनका लागि यसले आगामी असोज २ गते बुक क्लोज गरिसकेको छ । असोज १ गते सार्वजनिक विदा थियो । तसर्थ, भदौ ३१ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन सक्नेछन् ।
FACEBOOK COMMENTS