काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक ० दशमलव ०२ विन्दुले बढेको छ ।
यससँगै सूचक २५९७ दशमलव ५१ विन्दुमा आएको छ । यस अवधिमा ११ लाख ७५ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार हुँदा २५ कम्पनीको १८ सय ७९ कित्ता सेयर कारोबार भएको छ ।
यस सेसनमा १२ कम्पनीको भाउ बढेको छ भने १६ वटाको मूल्य घटेको छ । यो सेसनमा कुल ३५ वटा कारोबार भएको छ ।
FACEBOOK COMMENTS