काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले दसैं खर्चस्वरूप नगद लाभांश शेयरधनीको खातामा जम्मा गरिदिन थालेको छ ।
आइतबार आम्रपाली ब्याङ्क्वेटमा सम्पन्न साधारणसभाबाट लाभांश पारित भएपछि शेयरधनीको खातामा जम्मा गर्न थालेको हो ।
साधारणसभामा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङले नगद लाभांश आजदेखि नै र बोनस शेयर दसैंको बिदा सकिएपछि शेयरधनीको खातामा जम्मा गरिने बताएका थिए । सोहीअनुसार नगद लाभांश जम्मा गर्न थालिएको हो ।
बैंकले गत आर्थिक वर्ष २०८०/०८१ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ५.५३ प्रतिशत नगद लाभांश गरी कुल १५.५३ प्रतिशत लाभांश दिएको छ ।
FACEBOOK COMMENTS