काठमाडौं, बैशाख १९- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको अनुगमनका क्रममा टेकुस्थित काष्ठमण्डप खाद्य उद्योगले म्याद नाघेको तयारी खाद्य वस्तु विक्री गरेको पाइएपछि रु.३ लाख जरिवाना गरेको छ ।
विभागले बिहीबार गरेको अनुगमनको क्रममा उद्योगले म्याद नाघेका खाद्यवस्तु बिक्री गरेको भेटाएको हो ।
कम्पनीलाई उपभोक्ता संरक्षण ऐन २०७५ को १९२०(क) बमोजिम अनुचित क्रियाकलाप गरेको आरोपमा कारवाही गरिएको विभागले जनाएको छ ।
काष्ठमण्डपले बुधबार एक विज्ञप्ति जारी गरी भाटभटेनी सुपरमार्केटले लाखमरीमा बढी मूल्य लिएको गल्तीको जिम्मा आफूले लिएको थियो ।
आफूले अधिकतम खुद्रा मुल्यको स्टीकर टाँस्ने बेलामा गल्ती भएकाले भाटभटेनी निर्दोष रहेको कम्पनीका अनिलदास राजकर्णिकारले बताएका थिए ।
FACEBOOK COMMENTS