काठमाडाैँ। दुई महिनामा २ खर्ब ६३ अर्ब १४ करोड रुर्पैयाँ रेमिट्यान्स भित्रिएको छ । राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालूआर्थिक वर्षको दुई महिनामा उक्त रकम भित्रिएको हो । समीक्षा अवधिमा विप्रेषण आप्रवाह १५.२ प्रतिशतले वृद्धि भएको बैंकले जनाएकाे छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १८.७ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह १ अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १ अर्व ७३ करोड रहेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति संस्थागत तथा व्यक्तिगत नयाँ लिने नेपालीको संख्या ७६ हजार ४८५ र पुनः श्रम स्वीकृति लिनेको संख्या ४० हजार ५८३ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ७४ हजार ४५५ र ३२ हजार रहेको थियो ।
FACEBOOK COMMENTS