काठमाडाैँ । पैठारी गरिएको न्यूनस्तर रोज वाटरको आयात गर्न रोक लगाएको छ । खाद्य व्यवस्था तथा गुणस्तर विभागले गुणस्तरमाथि प्रश्न उठाउँदै आयातमा रोक लगाएको हो ।
व्यापारीक प्रयोजनका लागि कि फुड्स इन्टरनेशनल प्रा। लि।, काठमाडौंले दुबईबाट पैठारीको लागि मिति गत असोज ७ गते सुख्खा बन्दरगाह भन्सार कार्यालय, सिर्सिया, पर्सा नाका हुँदै खाने प्रयोजनका लागि ल्याउन खोजेको १९२ के.जी. रोज वाटरको नमूना बीरगन्ज, पर्सा स्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग अन्तर्गतको खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय, बीरगन्जले परिक्षण गर्दा आँखाले देख्न सकिने बाह्य पदार्थको उपस्थिति पाइएकोले आयात गर्न नमिल्ने भनि प्रवेश अनुमति नदिएको विभागले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।
नेपाल सरकारले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ श्रावण १९, २०८१ देखि लागू गरेको छ। उक्त ऐनमा परिभाषित खाद्य पदार्थ पैठारी गर्ने सम्पूर्ण खाद्य व्यवसायीहरुले अनिवार्य रुपमा ऐनको दफा १३ को उपदफा (१) बमोजिम खाद्य पदार्थको पैठारी गर्न चाहने खाद्य व्यवसायीले खाद्य पदार्थ पैठारी गर्नुअघि विभाग वा विभागले तोकेको कार्यालयबाट स्वीकृति लिएर तथा उपदफा (२) बमोजिम खाद्य पदार्थ पैठारी गर्नुअघि विभाग वा विभागले तोकेको कार्यालयबाट प्रवेश अनुमति लिएर मात्र खाद्य पदार्थ पैठारी गर्न विभागले ध्यानकर्षण गराएको छ ।
FACEBOOK COMMENTS