काठमाडौं। एभरेष्ट कलर लिमिटेडले साधारणसभा बोलाएको छ। कम्पनीको कात्तिक ६ मा बसेको सञ्चालक समितिको बैठकले मंसिर १ गते शनिबारका दिन सभा डाकेको हो।
सभा ह्वाइट प्यालेस बैंक्वेट, मध्यपुरठिमी-३, भक्तपुरमा बिहान ११ बजेबाट सुरू हुनेछ।
कम्पनीले निकट भविष्यमा आईपीओ पनि जारी गर्ने तयारी गरेको छ। सो प्रस्ताव कम्पनीले आफ्नो यस साधारणसभामा पनि पेस गरेको छ। कलर सेक्टरको पहिलो पटक आईपीओ जारी गर्ने तयारी कम्पनीको रहेको छ।
२६ करोड चुक्ता पुँजी रहेको यस कम्पनीको १५ प्रतिशत शेयर सर्वसाधारणलाई जारी गर्ने कम्पनीको तयारी रहेको छ।
(क) साधारण प्रस्ताव
१. सञ्चालक समितिको तर्फबाट अध्यक्षबाट पेस हुने आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने
२. लेखापरीक्षकको प्रतिवेदनसहितको आव २०८०/८१ को वासलात, नाफा र नोक्सान हिसाब, नगद प्रवाहलगायत वित्तीय विवरण छलफल गरी पारित गर्ने
३. लेखापरीक्षक जेएम लम्साल एण्ड कम्पनीका झलकमणि लम्सालले राजीनामा दिएकाले कम्पनी ऐन, २०७६ को दफा ११३ र कम्पनी निर्देशिका, २०७२ को ६० बमोजिम कम्पनी रजिष्ट्रारको कार्यालयबाट नियुक्त लेखापरीक्षक श्रेष्ठ एण्ड न्यौपाने एशोसियट्स, चार्टर्ड एकाउन्टेन्ट्सको नियुक्ति अनुमोदन गर्ने सम्बन्धमा
४. कम्पनी ऐन, २०७६ को दफा ११३ अनुसार आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण कार्यका लागि लेखापरीक्षण समितिको सिफारिसअनुसार लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने
५. कम्पनीको सञ्चालक समितिका यसअघिका बैठकले गरेका सबै निर्णयहरू छलफल गरी अनुमोदन गर्ने
६. संस्थापक शेयरधनीहरूको तर्फबाट कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ५ जना सञ्चालकको निर्वाचन गर्ने।
(ख) विशेष प्रस्ताव
१. प्रबन्धपत्रमा उल्लेख भएबमोजिम सर्वसाधारणका लागि छुट्याइएको शेयर सर्वसाधारणमा जारी गर्ने
२. सर्वसाधारणलाई शेयर जारी गर्न नियामकलगायतका सबै निकायसँग अनुमति लिनेलगायत निष्कासनसम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अख्तियारी दिने
३. प्रबन्धपत्रको दफा ६ अन्तर्गत संशोधन गर्ने
४. नियमावलीको नियम ७, २७ (१) (२) र ४१ अन्तर्गत संशोधन गर्ने
५. कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा सम्बन्धित नियमनकारी निकायले फेरबदल गर्न सुझाव वा निर्देशन दिएमा सोअनुरूप आवश्यक समायोजन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने
६. सञ्चालकहरूलाई दिने सुविधा छलफल गरी पारित गर्ने
(ग) विविध।
FACEBOOK COMMENTS