काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य हालसम्मकै महँगो भएको छ । छापावाल सुन प्रतितोला एक लाख ६८ हजार पाँच सय रूपैयाँ पुगेर मूल्यमा नयाँ कीर्तिमान कायम भएको हो ।
आइतबारको रेकर्ड मूल्य तोड्दै मंगलबार सुन थप महँगिएको हो । सोमबार भने सुनको मूल्य घटेको थियो ।
अघिल्लो दिनको तुलनामा छापावाल सुन तोलामा एक हजार पाँच सय रूपैयाँले बढेको हो । सोमबार छापावाल सुन प्रतितोला एक लाख ६७ हजार रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आइतबारको तुलनामा सुन प्रतितोला एक हजार एक सय रूपैयाँले बढेको हो । उक्त दिन सुन प्रतितोला एक लाख ६७ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ । सोमबारको तुलनामा चाँदी प्रतितोला ४० रूपैयाँले बढेर दुई हजार एक सय पाँच रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला दुई हजार ६५ रूपैयाँ थियो ।
FACEBOOK COMMENTS