काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले नवनियुक्त भूमि समस्या समाधान आयोगका पदाधिकारीलाई सपथग्रहण गराउनु भएको छ ।
बुधवार मन्त्रालयमा आयोजित सपथग्रहण कार्यक्रममा मन्त्री अधिकारीले आयोगका नवनियुक्त अध्यक्ष हरिप्रसाद रिजाल( प्युठान), उपाध्यक्ष सनतकुमार कार्की ( जाजरकोट) लगायतका ८ जना पदाधिकारीलाई सपथग्रहण गराए ।
उक्त कार्यक्रममा मन्त्री अधिकारीले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउदैं भूमि समस्यालाई दिर्घकालिनरुपमा समाधानका लागि शुभकामनासहित निर्देशन दिए ।
आयोगका नवनियुक्त अध्यक्ष हरिप्रसाद रिजालले सरकारले बिश्वास गरेर दिएको जिम्मेवारी इमान्दारपुर्वक पुरा गर्ने प्रतिवद्धता ब्यक्त गरे । प्रचलित ऐन कानुनको जगमा टेकेर संस्थागत सुसासन कायम गदैं अवको ६ महिनाभित्र १ लाख भन्दा बढि भूमिहिन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध लालपुर्जा उपलब्ध गराउने कार्ययोजनासहित कार्य गर्ने योजना रहेको बताउनु भयो । आयोगलाई थप ब्यस्थित र क्रियाशिल बनाई तोकिएको समयावधिभित्रै समस्याको समाधान गर्ने प्रतिवद्धता जनाए ।
मङ्गलबार बसेको नेपाल सरकार मन्त्रीपरिषद्को बैठकले भूमि समस्या समाधान आयोग गठन गर्ने निर्णय गरेको थियो । नवनियुक्त आयोगमा विज्ञ सदस्यमा सिन्धुपाल्चोकका जगत बस्नेत र कैलालीका टेकबहादुर शाह, अन्य सदस्यमा दार्चुला गोवर्द्धन कोली, महोत्तरीका गुञ्जबहादुर खड्का, झापाका अनिलकृष्ण प्रसाई र तनहुँका आरती भण्डारी रहेका छन् । भूमि समस्या समाधान आयोग गठन आदेश २०८१ अनुसार आयोगका अध्यक्ष, उपाध्यक्ष एवम सदस्यको पदावधि ३ वर्ष रहनेछ ।
FACEBOOK COMMENTS